पूर्वमिस नेपाल उषा र जीपीको सम्बन्ध १७ वर्षपछि टुंगिदै

चैत्र २, काठमाडौं । सन् २००० की मिस नेपाल उषा खड्गीले १७ वर्षे बैवाहिक जिवनलाई पूर्ण विराम दिएकी छिन् । सञ्चारकर्मी तथा मोडल जिपी तिमल्सिनासँग दुई वर्ष अफेयरमा रहेर विवाह गरेकी खड्गीले १७ वर्षे बैवाहिक जिवनलाई पूर्णविराम दिनुमा आफुमाथि भइरहेको शारिरीक तथा मानसिक हिँसालाई प्रमुख कारक मानेकी छिन् ।   

विगत केही वर्ष देखि जिपी र उषाविचको सम्बन्धमा दरार उत्पन्न भएको चर्चा चलेपनि दुवैले यो कुरालाई नकार्दै आइरहेका थिए । नेपाली कलाकारितामा सफल जोडीका रुपमा जिपी र उषालाई लिइन्थ्यो ।   

उषाले आफ्नो फेसवुक एकाउन्टमै ‘विवाहको १७ वर्षपछि पनि शारिरीक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाई’   

उषाले सामाजिक सञ्जालबाटै जिपीसँग सम्बन्ध नरहेको अभिब्यक्ति सार्वजनिक गरेपछि उनीहरु कानुनी रुपमा अलग हुने तयारीमा रहेको बुझिएको छ । त्यसो त उषाले एक टेलिभिजन कार्यक्रममै बैवाहिक जिवनको आधा जिवन हिंसामा विताएको बताएकी छिन् । इमेज टेलिभिजनको एक कार्यक्रममा भक्कानिएकी उषाले जिपीबाट आफुले शारिरीक तथा मानसिक यातना पाएको बताएकी छिन् ।   

जिपी र उषाका एक छोरा र एक छोरी छन् । नेपाल टेलिभिजनको सफल र लोकप्रिय कार्यक्रम म्युजिक प्लसकी भिजे उषा फिल्म निर्माता समेत हुने तरखरमा थिइन् । दुई वर्ष अघि श्रीमान जिपीकै निर्देशनमा घोषणा गरिएको फिल्म आउँदै जाँदैमा निर्मात्री बनेकी उषाको फिल्म बन्ने नबन्ने समेत अन्यौल भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *