धनुषामा अवैध मदिरा सेवनका कारण थप ५ को मृत्यु
२०७६ चैत २ गते

जनकपुर । धनुषामा अवैध मदिरा सेवनका कारण फेरि ५ जनाको मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकामा अवैध मदिरा सेवनका कारण ५ जनाको मृत्यु भएको हो ।
लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बस्ने विश्वनाथ यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने जितेन्द्र सदा , जनकपुरधाम वडा नम्बर ७ स्थित मुसहर वस्तिका मिथिला सदा, बनारसीदेवी सदा, झगरु सदाको मृत्यु भएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

जनकपुरस्थित मुसहरी बस्तीबाट करिब २२ जनालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटना शंकास्पद रहेको भन्दै प्रहरीको सहयोगमा थप अनुसन्धान गर्नका लागि २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
धनुषामा एक सातामा योसहित १९ जनाको मृत्यु भइसकेको छ ।
२०७६ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








