कोरोना त्रास : चिडियाखाना र नारायणहिटी संग्रहालय पनि बन्द

चैत्र ७, काठमाडौं । कोरोना भाइरस संक्रमण त्रासका कारण राजधानी काठमाडौं ‘लक डाउन’को अवस्थामा पुगेको छ । सरकारले देशभर कोरोना भाइरस संक्रमण फैलन नदिन उच्च सुरक्षा अपनाएसँगै राजधानीमा सबै क्षेत्र प्रभावित भएको छ ।  

बुधबारबाट सरकारले विशेष सुरक्षा उपाय अवलम्वन गर्दै २५ जना भन्दाबढि मानिसको भिडभाड हुने कार्यक्रम गर्न समेत रोक लगाएको छ । भिडभाड हुने सार्वजनिक स्थल, कार्यालयहरु समेत बन्द गर्ने तयारी गरेको छ ।   

सदर चिडिया खाना बन्द 

सरकारले ललितपुर जाउलाखेल स्थित सदर चिडियाखाना पनि बन्द गरेको छ । विश्वभर फैलिएको ‘कोभिड-१९’ को महामारीको संक्रमण रोक्ने तयारी अनुसार सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएको छ । आजदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।   

चिडियाखाना व्यवस्थापन प्रमुख डा। चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता चिडियाखाना अवलोकनका लागि आउने गरेका थिए । अवलोकनको लागि बन्द गरे पनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् । अहिले चिडियाखानामा एक सय १९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेका छन् ।   

नारायणहिटी र हनुमानढोका संग्रहालय पनि बन्द 

कोरोना भाइरस संक्रमणको न्यूनिकरण गर्न दरबारमार्ग स्थित नारायणहिटी संग्रहालय पनि बन्द गरिएको छ । मुलकै आकर्षणको केन्द्र विन्दु रहेको नारायण हिटी संग्रहालयको अवलोकनका लागि दैनिक हजार भन्दा बढि सर्वसाधारणको घुँइचो लाग्ने गरेको थियो ।   

यसैगरी हनुमानढोका संग्रहालयपनि बन्द गरिएको छ । दैनिक हजार भन्दा बढि सर्वसाधारणले हनुमानढोका संग्रहालय अवलोकन गर्ने गर्दथे । सरकारले २५ जना भन्दा बढि भेला हुने स्थल, कार्यालय बन्द गर्ने निर्णय गरेसँगै हनुमानढोका बन्द गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *