लकडाउनको मौका छोपी नवलपरासीमा खुकुरी देखाएर लुट्न प्रयास गर्ने दुई पक्राउ
रबिन्द्र यादव,
चैत्र १५,नवलपरासी। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही नारायणी नदीको ठोकर नं १२ मा हातहतियार सहित दुई जना पक्राउ परेका छन् । शुक्रबार ९ बजे राति नर्सही स्थित ठोकर संख्या नं. १२ नजिकबाट सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४७ वर्षीय आस बहादुर गुरुङ र सोही ठाउँ बस्ने करिब ४६ वर्षीय नरेश गुरुङ पक्राउ परेका हुन् ।
कुडियाबाट रतनगंज तर्फ जाँदै गरेको लु १ त ५८३० नम्बरको ईन्धन बोकेको पिकअपलाई रोकेर उनीहरुले चालकलाई खुकुरी देखाई धम्काएपछि चालकले स्थानीय नर्सही प्रहरीलाई खबर गरेका थिए ।
null
इलाका प्रहरीको टोलीले तुरुन्तै घटनास्थलमा पुगेर खोज तलास गरी घटनामा संलग्न गुरुङद्वयलाई खुकुरीसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालयले नियत्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।