कार्तिकले किन कट्रिनाको खुट्टा छुदैँ माफी मागे ?
मकालु खबर
२०७६ फागुन २२ गते
फागुन २२, काठमाडौँ । बलिउडका चकलेटी अभिनेता कार्तिक आर्यनले अभिनेत्री कट्रिना कैफको खुट्टा छोएर माफी मागेका छन् ।
बुधबार आइफाको पत्रकार सम्मेलनमा ढिला पुगेपछी उनले आफूभन्दा सिनियर अभिनेत्री कट्रिनाको खुट्टा समाउँदै माफी मागेका हुन् ।
उनले आफू आउनमा ढिला गरेकोमा माफी माग्दै भने, ‘पहिला रणवीर सिंहले सबैको पाउ छोएर माफी माग्नुहुन्थ्यो । आज म ढिला भएको छु । त्यसैले माफी चाहान्छु ।’
यो दृश्य थुप्रै क्यामेरामा कैद भइरहेको थियो, जुन युटुवमा अपलोड भएपछि अहिले भाईरल भएको छ । कार्तिक पुग्नु अघि नै कैटरिना स्टेजमा पुगिसकेकी थिईन् । कार्तिकलाई पुग्नासाथ स्टेजमा बोलाइएको थियो ।
मकालु खबर
२०७६ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित