कोरोना संक्रमित युवतीसँग आएकालाई खोज्दै चितवन प्रहरी

चैत्र १२, चितवन । फ्रान्सबाट कतारको दोहा हुँदै आएकी कोरोना संक्रमित एक नेपाली युवतीसँग आएकाहरुलाई प्रहरीले खोजी गर्न सुरु गरेको छ ।
चितवनमा पनि उनी सवार जहाजमा ६ जना आएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी पनि भईरहेको बताइएको छ ।
प्रहरीले नाम र नागरीकता नम्बर नै प्रकाशन गरेर ती व्यक्तिहरुलाई सम्र्पकमा आउन आह्वान गरेको छ । ती युवती कोरोना संक्रमित पुष्टि भएकाले अन्यमा पनि संक्रमणको सम्भावना देखिएपछि खोजी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले बताए ।

ती युवती सवार जहाजमा चितवनका ३ महिला र ३ पुरुष रहेका थिए । चितवन आएका दिक्षा कडेंल, पार्वती नेपाली, बुद्धिराज काेइराला, शम्भु नेपाली, सन्जु कडेँल कोईराला र सुरेश गुरुङ रहेका छन् । उनीहरु चितवनको भएपनि जिल्ला आए–नआएको बारे अनुसन्धान गर्ने काम भईरहेको प्रहरी उपरिक्षक गुरुङले बताए ।








