यस्तो रह्यो सेलिब्रेटीहरुको होली (केही तस्बिरसहित)

फागुन २७, कोठमाडौँ । सदा वर्ष होलीमा निकै रौनक छाउने उपत्यका यस वर्ष भने निकै कम रौनक देखिएको थियो । यस वर्ष होली खेल्नेको संख्या निकै कम थियो । कारण हो  कोरोना भाइरस (कोभिड–१९) कोरोनाको संक्रमणबाट बच्न  यस  वर्ष धेरै मानिसले होली खेल्न रुचाएनन् ।   

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९०) को संक्रमण विश्वका ४० भन्दा बढी देशहरुमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना संक्रमणको खतरा रहेको देशहरुको सूचीमा राखेको छ । 

कोरोना संक्रमणको खतराको सूचीमा नेपाल रहेपछी सरकारले पनि   सभा सम्मेलन नगर्न, होली नखेल्न, भीड जम्मा नहुन आग्रह गरेको थियो । यही कारणले पनि यस वर्ष होली खेल्नेको संख्या निकै घट्यो । यस वर्ष सेलिब्रेटी र केही संचारकर्मीले  निकै सामान्य रुपमा होली खेलेका थिए ।  

सदा वर्षमा होलीमा निकै तडक–भडकका साथ होली खेल्ने सेलिब्रेटीहरु यस वर्ष भने कोही आफ्नो परिवारसँग, कोही सामान्य जमघट र सुटिङ स्थलमा एक अर्कामा रंग दलेर होली खेलेका थिए । हेरौ उनै सेलीब्रेटी र संचारकर्मीको होलीको केही तस्बिरहरु ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =