बाँस्कोटामाथि छानविन गर्न सांसदहरुको माग

फागुन ३०, काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने सांसदहरुले आवाज उठाएका छन् ।   

शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले पूर्वसञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएर मात्रै नहुने धरणा राख्दै सत्यतथ्य छानविन गर्न आख्तियारलाई जिम्मा दिनु पर्ने माग गरेका हुन् ।   

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पूर्वमनत्री बाँस्कोटाले ७० करोडको कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि तत्काल राजीनामा दिएका थिए ।   

त्यस्तै सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटुजी’ प्रकृया नै गलत रहेको भन्दै उक्त प्रकृया समेत बदल्नुपर्ने धारणा राखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =