प्रधानमन्त्रीको स्वास्थ्यलाभको लागि पशुपतिमा पूजापाठ
२०७६ फागुन २१ गते

फाेटाे स्राेत: गुगल
फागुन २१, काठमाडौँ । शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहँदा उनको स्वास्थ्य लाभको कामना सहित पशुपति नाथमा बिषेश पूजापाठ गरिएको छ ।
पशुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पशुपति नाथमा आज पहिलो प्रहरको पुजापाठ गराएका हुन् ।

मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिशेष पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य सुभेक्षुकहरुको सहभागिता रहेको थियो । कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरहको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपति नाथमा बिशेष पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।
२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








