हवाइ भाडा घट्यो, यस्तो छ नयाँ भाडादर

चैत्र ९, काठमाडौं। वुद्ध एयरले हवाई उडानको भाडा कटौती गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले ७ वटा गन्तव्यको भाडा घटाएको जनाएको हो।   

सरकारले कोरोना भाइरस संक्रमणमा सचेतना अपनाउन लामो दूरीको यातायात सेवा केही दिनका लागि बन्द गरेपछि यात्रुलाई सुविधा दिन भाडा घटाएको वुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए। 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले लामो दूरीको बस सञ्चालनलाई केही दिनको लागि रोक्न भनेको छ। यस अवस्थामा हवाईमार्ग मात्रै यात्राको लागि पहिलो साधान बन्न पुगेको छ। यस विषम परिस्थितिमा नेपाली यात्रुहरूलाई थप सजिलो र राहतका लागि भाडादर घटाइएको छ।’ 

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य घट्दा पनि नेपालमा भने नघटाइदा हवाई उडानको भाडा महङ्गो भएको वुद्ध एयरको विज्ञप्तिमा उल्लेख छ। यस्तो छ भाडादरः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + three =