टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

फाेटाे स्राेतः गुगल 

फागुन २३, काठमाडौँ । शुक्रबार बिहान पाल्पामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको लामीडाँडामा लु २ ख ३१७८ नम्बरको टिपरले लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो भने सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका हुन् ।   

Image result for टिपरको ठक्करबाट मृत्यु

प्रहरीका अनुसार टिपरको ठक्करबाट तानसेन नगरपालिका–७ म्यालधाराकी ५५ वर्षीया मधु श्रेष्ठकोम मृत्यु भएको हो भने उनका श्रीमान्  ६२ वर्षीय मोटरसाइकल चालक हिमालप्रसाद श्रेष्ठ घाइते भएका हुन् ।   

घाइते हिमालप्रसादको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  ठक्कर दिने टिपर र  चालकलाई पक्राउ गरि  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =