मुलुकभर कोरोनाकाे सन्त्रासः अत्यावश्यक नभई बाहिर ननिस्कनु, २५ जना भन्दा बढि भेला नहुनु

चैत्र ६, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाले सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन अपनाएको उच्च सुरक्षा र एसइइ परीक्षा लगायत अन्य परीक्षा स्थगित भएको समाचारलाई प्रकाशित गरेका छन् ।   

आज राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका, सरकारी मुखपत्र गोरखापत्र, राजधानी दैनिक तथा नेपाल समाचारपत्रले कोरोना भाइरसको संक्रमण एशियाली देशहरुमा फैलँदै गएपछि नेपालमा पनि फैलन सक्ने देखिएकोले उच्च शुरक्षा अपनाएको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।   

आजको कान्तिपुर दैनिकले ‘२५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ ।   

विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ । कान्तिपुरको प्रथम पृष्ठमा कोरोना भाइरसकै अन्य समाचार पनि छन् ।   

अन्नपूर्ण पोस्टले पनि कोरोना भाइरसकै समाचारलाई मुख्य समाचार बनाएको छ । ‘जरुरीबाहेक हिडडुलमा रोक’ शिर्षकमा प्रकाशि समाचार अनुसार सरकारले आम नागरिकलाई अत्यावश्यक काममा वाहेक हिँडडुल गर्न पनि रोक लगाएको छ ।   

गोरखापत्र दैनिकले ‘कोरोना संक्रमण रोक्न विशेष व्यवस्था’ शिर्षकमा समाचार प्रकाशित गरेको छ । युरोपका सवै मुलुक पश्चिम खाडी मुलुक, इरान, टर्की, मलेशिया, दक्षिण कोरिया, जापानबाट आउने यात्रुहरुलाई चैत्र ७ गतेदेखि लागू हुनेगरी बैशाख ३ गतेसम्म प्रतिबन्ध लगाइएको छ । चैत्र मसान्तसम्मका लागि सवै विद्यालय, विश्वविद्यालय बन्द गरिएको छ । सांस्कृतिक, सामाजिक कार्य, पार्टी प्यालेस, धार्मिक कार्यमा २५ जना भन्दा बढि भेला हुन प्रतिबन्ध पनि लगाइएको छ ।   

नागरिक दैनिकले पनि ‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनु’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । सोहि प्रकारको समाचार आजका नयाँ पत्रिका दैनिक, नेपाल समाचारपत्र, राजधानी दैनिकमा पनि प्रकाशित छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *