आजदेखि जति रिचार्ज गर्‍यो त्यति नै बोनस दिने टेलिकमको निर्णय

चेत्र १२, काठमाडौं । नेपाल टेलिकमले आजदेखि जति रिचार्ज गर्‍यो त्यति नै बोनस ब्यालेन्स दिने निर्णय गरेको छ ।  सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउन लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो ।   

यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ । 

मंगलबार नेपाल दूरसञ्चार प्राधिकरणले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।   

यस्तो बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मेन ब्यालेन्सबाट शुल्क काटिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *