लागूऔषध ब्राउन सुगर सहित धरानबाट एक जना पक्राउ

धरान,सुनसरी । लागूऔषद ब्राउन सुगर सहित एक युवाक पक्राउ परेका छन् । आईतबार दिउँसो धरान–१० धर्मपथ बाट २६ वर्षीय दीपेश सुब्बा  पक्राउ परेका  हुन् ।   

ईलाका प्रहरी कार्यालय धरानले  आइतबार पक्राउ गरेका सुब्बालाई सोमबार सार्वजनिक गरेको हो । 

संकास्पदरुमा हिडिरहेको बेला प्रहरीले चेकजाँच गर्दा प्लाष्टिकको पोको पारी गोजीमा बोकेको ४ ग्राम ब्राउन सुगर बरामद गरिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।   

null

पक्राउ परेका सुब्बाको साथबाट २० हजार नगद समेत बरामद गरिए छ ।   

पक्राउ परेका सुब्बालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरीरहेको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ । 

चितुवाको छालासहित एक पक्राउ 

उता ताप्लेजुङमा प्रहरीले घरमा लुकाई छिपाई राखेको अवस्थामा चितुवाको छालासहित एकजना पक्राउ गरेको छ । 

प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बुलाई पक्राउ गरेको हो ।   

पक्राउ परेका उनको साथबाट चितुवाको २ थान छाला बरामद भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार लिम्बुलाई आवश्यक कारवाही गर्न  अनुसन्धानको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =