घर बाहिर ननिस्कन सल्लाह दिएकी रीमा आफैँ भने माल्दिभ्समा मस्ती गर्दै

चैत्र ६, काठमाडौँ । ‘कमेडी च्याम्पियन’ सकिए लगत्तै बिदा मनाउन यतीबेला नायिका तथा मोडल रीमा विश्वकर्मा माल्दिभ्स पुगेकी छिन् ।   

कमेडी च्याम्पियनको उद्घोषक रहेकी रीमाको माल्दिभ्सको स्विमिङ पूलमा पानीमा मस्ती गरिरहेको तस्वीर बाहिरएको छ ।   

उक्त तस्वीर सामाजिक संजाल मार्फत बाहिरिएसँगै  हाल विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला उनी  माल्दिभ्स पुग्दा  सामाजिक संजालमा धेरै प्रयोगकर्ताले यस्तो अवस्थामा  किन विदेश गएको भन्दै प्रश्नहरु तेस्राई रहेका छन् ।   

विश्वभर फैलिदै गएको कोरोनाको कारण सरकारले अहिले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेकाे छ । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गर्दै सबैलाई घर बाहिर ननिस्कन सल्लाह दिएकी रीमा आफैँ भने घुमघामको लागि माल्दिभ्स पुगिन् ।   

उनले फेसबुकमा सेयर गरेको भिडियोमा भनेकी छिन् । , ‘विश्वभर फैलिदै गएको कोरोना भाइरसको त्रासले हामी पनि अछुतो छैनौं । यति बेला डराउने भन्दा पनि आफ्नो सुरक्षा र स्वस्थ्यलाई प्राथमिकता दियौं । सरकारले बिना काम घर बाहिर ननिस्कनु भनेर नोटिस सार्वजनिक गरिसक्यो । त्यस्ले आफ्नो सुरक्षाको लागि धेरै भन्दा धेरै पटक हात धुनुस्, माक्स लगाउनुस्, सेनिटाइजर प्रयोग गर्नुस् ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =