कोरानोको जोखिम रोक्न तात्यो चितवन, मेला महोत्सव रोकियो

फागुन २०, चितवन ।  मेडिकल सिटीको रुपमा चिनिने चितवनमा कोरोना भाईरसको संभावित जोखिम हुन नदिन उच्च सर्तकता अपनाउँदै मेला महोत्सव रोक्न अनुरोध गरिएको छ ।  

मंगलवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा संचालनको तयारीमा रहेका र संचालित मेला महोत्सव रोक्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए । चितवनको राप्ती नगरपालिकामा बुधवारदेखी परेवाकोट महोत्सव हुदैछ भने भरतपुरमा भरतपुर महोत्सव र पश्चिम चितवनमा मेघौली महोत्सव संचालन भईरहेको छ । 

स्थानीय तहले अनुमति दिएका मेला महोत्सवलाई रोक्न भनेका छौ प्रजिअ भट्टराईले भने ‘आम सरोकारको विषय भएकाले सवैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । स्थानीय तह लागू भएपछि स्थानीय तहले मेला महोत्सवको अनुमति दिने र जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रदान गर्दै आएको छ ।’ तत्कालका लागि मेला महोत्सव रोक्न स्थानीय तहलाई भुमिका खेल्न भनेका प्रजिअ भट्टराईले बताए ।  

बुधवारदेखी सुरु हुन लागेको परेवाकोट महोत्सवको तयारी पुरा भएको छ भनि भन्ने प्रश्नमा प्रजिअ भट्टराईले एक दुई हप्ता पछि सार्दा समस्या नपर्ने बताए । यता परेवाकोट महोत्सव आयोजकले सबैको आग्रहलाई मध्यनजर गर्दै तत्कालका लागि महोत्सव नगर्ने निर्णय गरेपनि आधिकारीक जानकारी भने बुधवारनै दिने बताएको छ ।   

मंगलवार स्थानीय पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई डाकेर कोरोना भाईरसको संभावित जोखिमबाट वच्न सतर्कता अपनाउने बिषयमा छलफल भएको उनले बताए । संघीय सरकारले यसअघिनै तत्कालका लागि मेला ,महोत्सव, ठूला सभा, सम्मेलन,भोज भत्तेर नगर्न आग्रह गरिसकेको छ । जिल्ला प्रशासनले आसन्न होली पर्व समेत नखेल्न सुचना जारी गरिसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *