दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना बाँड्ने

नयाँ दिल्ली ।  दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना बाँड्ने भएको छ ।   

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देनिक चार लाख मानिसलाई  खाना खुवाउने व्यवस्था मिलाएको बताएका हुन् । 

शनिबार पत्रकार सम्मेलन गर्दै उनले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विपन्न परिवार बढी प्रभावित बनेको भन्दै पाँच सय विद्यालय र दुई सय ३८ टहरामा उनीहरुलाई खाना बाँडिने बताएका छन् । 

उनले भने, ‘प्रशासनको उडान टोलीले प्रत्येक जिल्लामा घुम्दै खाद्य संकट परेकालाई खाद्यान्न वितरण गरिरहेको छ । भोलिदेखि सहज ढंगले सुरु हुने र सबै स्थानमा खाना पुग्नेछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *