सीमा नाकाहरू बन्द गर्ने सरकारको तयारी

चैत्र ७, काठमाडौं । कोरोना प्रकोपको जोखिम रोक्नका लागि सरकारले सीमा नाकाहरु बन्द गर्ने तयारी गरेको छ । 

सरकारले आपूर्ति नरोकी मानिसहरुको आवतजावत रोक्नका लागि उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाता बन्द गर्ने तयारी गरेको हो । 

यसका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनदेखि सम्बन्धित पक्षसँग संवाद गरिरहेका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेको सम्बोधनमा विस्तृतमा प्रकाश पार्ने बताइएको छ । 

अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने पनि तयारी गरेको छ  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *