कोरोना भाइरस त्रास : आजबाट मस्जिदमा नमाज पढ्न बन्द

चैत ७, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट जोगिन मुस्लिम समुदायले मस्जितमा नमाज पढ्ने कार्यलाई बन्द गरेका छन् ।   

भाइरसबाट जोगिन भन्दै मस्जित बन्द गरेर घर/घरमै नमाज पढ्न सुरु गरेका छन् । 

हरेक शुक्रबार मस्जिदमा पढिने जुम्माको नमाज पनि घरमै पढ्न सुरु भएको नेपाली जामे मस्जिद संघका अध्यक्ष समिम अन्सारीले जानकारी दिए । 

२५ जना भन्दा बढी भेला हुन नपाउने सरकारको निर्देशन अनुसार मस्जिदको सट्टा घर वा कारखानामै नमाज पढ्न थालिएको हो । अन्सारीका अनुसार मदरसाहरूको पठनपाठन पनि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *