एनसेलले ल्यायो आकर्षक ‘नाइट कल र एसएमएस प्याक’

चैत्र ७, काठमाडौं । एनसेलले आफ्ना ग्राहकलाई आकर्षक प्याकेज लिएर आएको छ । एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० ९कर सहित रु १२.७७० मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ ।   

यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार ९ चैत्र ६० बाट ९० दिनका लागि सञ्चालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ । 

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायलगरी वा एस्ट्रिक्स १७११८ ह्यास डायलगरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रेजीमा एनयु टाइपगरी १७११८ मा एसएमएस पठाएर पनि यो प्याक लिन सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्नेछन् । 

यस प्याक अन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् । 

एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ । यो योजना अन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।   

यो योजना अन्तर्गत यदि ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् । यसको मतलब जति मिनेटको टक टाइम हो त्यतिनै वटा बोनस एसएमएस ग्राहकले पाउँछन् । 

ग्राहकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *