अदालतका कर्मचारी दुई लाख घुससहित पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्ला अदालतका कर्मचारी विश्वनाथ कुर्मी (चौधरी)लाई दुई लाख घुससहित पक्राउ गरेको छ । आयोगको बुटवल कार्यालयले करारमा कार्यरत दोभासे कुर्मीलाई सेवाग्राहीसँग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको हो । 

अदालतमा विचाराधीन ठगी मुद्दा सहजीकरण गरिदिने नत्र मुद्दा बिगारी दिने डर धम्की देखाई बारम्बार रिसवत मागिरहेको भन्ने सेवाग्राहीको उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट २ लाख रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । 

उनलाई कपिलवस्तु नगरपालिका, वडा नं १ स्थित महामाया प्रेस, गौढीचोक, तौलिहवाबाट रङ्गे हात पक्राउ गरिएको आयोगको कार्यालय बुटवलले जनाएको छ । 

उनी केही महिना अघि मात्रै शाखा अधिकृत पदबाट अवकाश पाई हाल दोभासेको रूपमा कार्यरत रहेको बुझिएको छ । उनी माथि थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *