छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा


चैत्र ९, काठमाडौं । दर्शकद्वारा अत्यधिक रुचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ ।
ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ ।
यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छन् ।
डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहँुच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।
९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ ।
साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।
