सिपिआर तालिमको प्रभाव:डेढ वर्षिया कुञ्जनाले पाइन पुनर्जीवन

फागुन २०, स्याङ्जा। युएईमा रहेका सामाजिक अभियन्ता ओम उप्रेतीको तालिमका कारण स्याङ्जाको वालिङकी एक बालिकाले नयाँ जीवन पाएकी छन् । निधन भएको भनी सबैले आशा मारेकी डेढ वर्षिया कुन्जना गुरुङलाई उनका हजुरबुबा चोकबहादुर  गुरुङले सिपिआर गरेर पुनस् स्वासप्रस्वास सुचारु गरेपछि ओम उप्रेतीले सिकाएको सीप र प्रविधिले बालिकाले नयाँ जीवन पाएको भन्दै हजुरबुबाले फेसबुकमा फोटो सहित पोस्ट गरेका छन् ।   

उनले अभियन्ता ओम उप्रेतीलाई युएईमा लामो समयको रोजगारीपछि नेपालमै सामाजिक गतिविधिमा सक्रिय व्याक्तित्व चन्द्रबहादुर रोकायाला मार्फत फोन सम्पर्क गरी  आफ्नी नातिनीको ज्यान बचाउन सफल भएको भन्दै जीवनउपयोगी तालिम प्रदान गरेकोमा उप्रेतीलाई भगवानको उपमा दिएका छन् ।   

पुनर्जीवन पाएकी कुन्जनका हजुरबुबा चोक गुरुङले लेखेका छन्,कुनै दिन वलिङको सिटी हलमा प्राथमिक उपाचरको तालिम लिएको थिएँ । त्यही तालिममा सिकेको विधिअनुसार गर्दा मेरो नातिनी कुञ्जना गुरूङलाई बचाउन सफल भएँ । ३० मिनेट जति सास बन्द भएपछि नातिनीलाई आमा र बाजेले मेरो काखमा थमाई थिए ।  सबैजना रोइकराई गरिरहेका थिए  । मैले नातिनी कुन्जनलाई बेडमा सुताई दुई औंलाको सहायताले छातीमा पम्प गरेँ, १५र१६ पटक पम्प गरेको थिएँ । त्यसको १  मिनेट भित्रै नातिनीले सास फेर्न सुरू गरिन्  । 

हजुरबुबाले यो खुसीको कुरा युएईका पुराना सामाजिक अभियन्ता चन्द्रबहादुर रोकायालाई सुनाए । रोकायाले नै गत साल स्याङ्जाको तालिममा भाग लिन ती हजुरबुबालाई सुझाव दिएका रहेछन् । नातिनीको जीवन बचाउने ज्ञान दिने निस्शुल्क प्राथमिक उपचार तालिम अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीलाई हजुरबुबाले धन्यवाद प्रकट गरेका छन् । 

तालिमको प्रभावकारिताका  कारण अभियन्ता ओम उप्रेती स्याङ्जा जिल्लामा दोहोर्‍याएर तालिम प्रदान गर्ने भएका छन् ।   

  

के हो सिपिआर विधि? 

विविध कारणले बन्द भएको  स्वासप्रस्वास प्रक्रियालाई सुचारु गर्न अपनाइने बिधिलाई सिपिआर  भनेर बुझिन्छ । कारडियो पल्मोनरी रिक्सएसन भनेर अङ्ग्रेजीमा पुकारिने यो विधि प्रयोग गरेर अकालमा मर्नबाट जोगाउन सकिन्छ ।   

साना बालबालिकालाई दुई औलाको सहायताले र वयस्कलाई दुई हत्केलाको सहायताले छातीमा ३० पटक पम्प गरेर मुखबाट कृतिम स्वास दिएर पनि मुटु र फोक्सोलाई सक्रिय बनाउने विधिलाई अङ्ग्रेजीमा सिपिआर भनिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =