बागमती प्रदेशमा मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु


फागुन २२, चितवन । बागमती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वाथ्य परीक्षण कार्यक्रम पुन शुरु गरेको छ । प्रदेश राजधानीको हेटौडा अस्पतालवाट सामाजिक विकास मन्त्री युवराज दुलालले सो कार्यक्रमको बिहिवार सुरुवात गरेका हुन् ।
प्रदेशका १३ वटा जिल्लामा लागु गर्ने योजनाका साथ शुरु भएको कार्यक्रम सरकारको स्वामित्वको १५ वटा अस्पतालमा लागु हुने छ । स्वाथ्य उपचारवाट कुनै जनतापनि बन्चित हुन नपरोस भनी यो कार्यक्रम लागू गरिएको बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले जानकारी दिए । यो कार्यक्रमले गरिव तथा बिपन्न वर्गका जनताले लाभ प्राप्त गर्ने उनको विश्वास छ ।
यस कार्यक्रम लागू भएपछि अस्पतालले बिभिन्न पाँच प्रकारको स्वाथ्य परिक्षण निःशुल्क गर्नु पर्ने छ तर सशुल्क पाउने उपचारमा पनि छुट पाइने छ । यस योजना लागू भएपछि १६५० रुपैयाँमा होलवडी चेकअप सुविधा पाउने छन् भने यस पछि रोग देखिएमा पनि निशुल्क उपचार पाउने व्यवस्था मिलाइएको छ ।
मन्त्री दुलालले यस कार्यक्रम प्रदेश सरकारले जनताको हितमा लागू गरेको बताउँदै यसले कुनै पनि जनता अस्पताल नगइ रोग लुकाएर तथा रकमको अभावमा रोग पालेर वस्नुपर्नै अवस्थाको अन्त्य हुने बताए ।
