अस्ट्रेलियामा चार नेपाली विद्यार्थीमा कोरोना संक्रमण

चैत्र १५, काठमाडौं। अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपाली दूतावासका अनुसार संक्रमित सबै युवती हुन्। उनीहरु अहिले आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन।   

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा गरेर बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो। तर जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजा पोजिटिभ देखिएको थियो। आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो।  

विद्यार्थीलाई सहयोग पुर्‍याइरहेको एनआरएन अस्ट्रेलियाका पदाधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको बताए। त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्यसमेत सामान्य रहेको दूतावासले जनाएको छ। यी दुई संक्रमणका घटना एकआपसमा सम्बन्धित नभएको समेत दूतावासको भनाइ छ। 

दूतावासले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन अस्ट्रेलियामा रहेका विद्यार्थीलाई आग्रह गरेको छ। अस्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमित पाइएका छन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *