उद्योग वाणिज्य संघ चन्द्रागिरी चेम्बरद्वारा मास्क र खाद्यान्न वितरण


चैत्र १५, काठमाडौं । चन्द्रागिरी नगरपालिका र कंलकी क्षेत्रमा मास्क वितरण गरिएको छ । उद्योग वाणिज्य संघ चन्द्रागिरी चेम्बरले उक्त क्षेत्रमा महानगरीय ट्राफिक प्रहरी कार्यालय कंलकीलाई ६१ थान, प्रहरी कर्मचारीहरूका लागि महानगरीय प्रहरी प्रभाग कंलकीलाई ३० थान, चन्द्रागिरी वडा नं. १५ का वडालाई १०० थान मास्क वितरण गरेको छ ।
चेम्बरले वडा नम्बर २ लाई २०० थान, वडा नम्बर १ लाई १०० थान, वडा नं. ११ लाई १०० थान, वडा नं. १० लाई १०० थान, र केही स्थानियलाई २०० थान मास्क वितरण गरेको छ ।
त्यस्तै चन्द्रागिरी वडा नम्बर ८ स्थित बृद्धाश्रमका लागि खाद्य सामग्री पनि वितरण गरिएको थियो । सांसद रमा आले मगर, युवा व्यवसायी कृष्ण पोखरेल, चेम्बरका अध्यक्ष रामनारायण घिमिरे, उपाध्यक्ष रोसन दानी, सचिव श्रीहरि थापाको टोलीले उक्त आश्रमलाई चामल १२ वोरा, नुन ५० केजी, दाल ३० केजी, तेल १० लिटर, डिटोल सावुन २५ वटा र मास्क १०० थान वितरण गरेको हो । आश्रमलाई ३० हजार ४ सय ३३ रूपैंया बराबरको सहयोग उपलब्ध गराईएको छ । यसैगरी मातातिर्थ बृद्धाश्रमका लागि २५ वटा डिटोल सावुन र ५० थान मास्क उपलव्ध गराइएको छ ।
संस्थाले मास्क वितरण र खाद्यान्नमा करिव १ लाख २ हजार बराबरको सहयोग गरेको चन्द्रागिरी चेम्बरका अध्यक्ष रामनारायण घिमिरे बताए ।
