संसदमा प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित

फागुन २१, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।   

प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको आजै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गौला प्रत्यारोपणको कार्य भइरहेकामा प्रतिनिधिसभाको यो बैठक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कार्य सफलतासाथ सम्पन्न होस् भन्ने कामना गर्दछ । साथै उहाँको शीघ्र स्वास्थ्यलाभाको समेत कामना गर्दछ ।’   

यस्तै बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *