प्रकाश सपुतको ‘परदेशी २’ मा दीलिपको ईन्ट्री

चैत्र ३, काठमाडौँ । हाल पोखरामा छाँयाकन भईरहेको गायक तथा नायक  प्रकाश सपुतको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी २’  मा नायक दीलिप रायमाझीको इन्ट्री भएको छ ।   

चलचित्रमा नायक  रायमाझीको इन्ट्री भएपछी निकै खुशी भएका सुपतले सायमाझीसँग आफूले खिचेका केही तस्बिर सामाजिक संजाल मार्फत सेयर गर्दै उक्त कुराको जानकारी गराएका हुन् ।   

उनले सामाजिक संजाल फेसबुकमा तस्बीर सेयर गर्दै लेखेका छन्,  “हिरो बन्ने सपना र दिलिप रायमाझिको ठुलो फ्यान “ बोल माया र गल्बन्दि गित को यो सिन र डाईलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिए । म वास्तवमै नायक दिलिप रायमाझिको ठुलो फ्यान र उनैताका उहा जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आईडल) हिरो संग स्क्रिन सेयर पनि गर्दैछु । आज शुटिङ भईरहदा पनि घरी घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ?? कि म गहिरो निद्रामा छु र मिठो सपना देखिराछु ? हँ ? 

चलचित्र  ‘परदेशी २’ मा नायक रायमाझीले अतिथीको भूमिका  निर्वाह गरेका छन् । चलचित्रमा सपुतसँगै नायिका केकी अधिकारी र बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । 

पढाईको शिलशिलामा विदेशिएका युवाहरुको कथामा आधारित राखेर बनाईएको यस चलचित्रलाई नारायण रायमाझीले निर्देशन र निर्माण गरेका हुन् भने चलचित्रकाे कथा  रमेश विजीले लेखेका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =