कमेडी च्याम्पियनले हिमेशको तर्फबाट माग्यो माफी

माघ २१, काठमाडौँ । गत माघ १३ गते प्रशारित कमेडी च्याम्पियनको १६ औं एपिसोडमा प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतीले विवाद ल्याएपछी कार्यक्रम आयोजक पक्षले माफी मागेको छ ।     

टप ७ को प्रतिस्पर्धी हिमेश पन्त अन्धविश्वासी र धार्मिक वैज्ञानिकको रुपमा प्रस्तुत भएका थिए । यसै क्रममा उनले बोलेका ‘सीता मातालाई रक्सी खुवाएको भए साँचो बोलिहाल्थिन् नि’ भन्ने संवादले विवाद उत्पन्न गरेको थियो ।   

उनको यस संवादमा शिव सेना नेपाललगायत केही हिन्दूवादी समुहहरुले आपत्ती जनाएका थिए । सामाजिक संजालमा पनि यहि बिषयका कारण उनी बिवादमा तानिएका थिए ।   

यस सम्बन्धमा सो समूहले कार्यक्रम प्रशारण हुने कान्तिपुर टेलिभिजनमा गएर ज्ञापनपत्र दिइएको थियो । टेलिभिजनका प्रमुख दिनेश डिसीलाई बुझाइएको ज्ञापनपत्रमा टेलिभिजनले पनि माफी माग्नुपर्ने बताइएको थियो ।   

यस विषयमा हिमेशले फेसबुकमा स्पष्टीकरण दिए पनि विवाद नसकिएपछी कमेडी च्याम्पियनकै तर्फबाट माफी मागिएको हो । कमेडी च्याम्पियन परिवारका तर्फ सेयर गरिएको स्टाटसमा भनिएको छ, 

‘विगतको श्रृंखलामा प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दु धर्माबलम्बिको मनोभावनामा ठेस पुग्न गएकोमा कलाकार हिमेश पन्त र कमेडी च्याम्पियन क्षमायाचना गदर्छ । आगामी दिनमा सम्पूर्ण धार्मिक आस्थाको उच्च सम्मान गर्दै प्रस्तुति तयार गर्न सबै प्रतियोगी र निर्माण परिवार प्रतिवद्ध छ,’  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =