प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान फेरी पक्राउ

फागुन ६, काठमाडौं । प्रहरीको मोस्ट वान्डेडको सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामा फेरी पक्राउ परेका छन् । उनी मादक पदार्थ सेवन गरी प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा सोमबार राति लाजिम्पाटस्थित सांग्रीला होटल अगाडिबाट पक्राउ परेका हुन् ।
गस्तीमा रहेको महाराजगञ्ज वृत्तको टोलीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेका ामालाई हिरासतमा राखि अनुसन्धान सुरु गरेको प्रवक्ता बोगटीले बताएका छन् ।
काभ्रे घर भएका लामा यसअघि गत असारमा ठगीको आरोपमा पक्राउ परेका थिए।
null
उनी माथि लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारका थुप्रै उजुरी रहेको प्रहरीले जनाएको छ। दावा लामा नेपाल प्रहरीको क वर्गको गुण्डाको सूचीमा छन् । सत्यमान दावा लामाकै कारोबारमा संलग्न भइ काम गर्दै आएका प्रहरीले जनाएको छ ।








