राप्रापा अध्यक्ष थापाको प्रधानमन्त्रीलाई सुझाव, ‘यस व्यक्तिलाई तत्काल हटाउनु होस्’
२०७६ फागुन ८ गते

फागुन ८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनीक भएपछि राप्रपाका अध्यक्ष कमल थापाले बाँस्कोटालाई तत्काल मन्त्री पदबाट हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएसँगै राप्रपा अध्यक्ष थापाले बास्कोटालाई तत्काल मन्त्री पदबाट हटाइ छानबिन गर्न माग गरेका हुन् ।
बिहिबार ट्वीट गर्दै थापाले लेखेका छन्, ‘प्रधानमन्त्री ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु, यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।’

२०७६ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








