भड्कीएकी तापसी पन्नुले ट्रोलर्सलाई दिईन् कडा जवाफ

माघ २७, काठमाडौँ । औंलामा भोट हालेको निशान भएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेपछी ट्रोलको शिकार भएकी बलिउड अभिनेत्री तापसी पन्नु ट्रोलर्सलाई कडा जवाफ दिएक छिन् ।
उलाई सामाजिक संजालमा ट्रोलर्सले ‘जुन व्यक्ति मुम्बईमा बसोबास गर्छ । त्यो व्यक्तिले हाम्रो लागि के निर्णय गर्न सक्छ ? तापसी मुम्बई गएकी वर्षौ भइसक्यो । उनले उनको मत पनि मुम्बईमा नै हाल्नुपर्छ ।’ लेखेका छन् ।
त्यसको जवाफ फर्काउँदै पन्नुले पनि लेखेकी छिन्,, ‘कसैको पनि नागरिकतामाथि सवाल उठाउने अधिकार कसैलाई छैन । म दिल्लीमा पनि उत्तिकै बस्छु । कर पनि दिल्लीमै तिर्छु । कृपया ! मेरो नागरिकतामाथि सवाल नउठाउनुहोस् । तपाईं तपाईंकै बारेमा चिन्ता गर्नुस् ।’

उनी थप्छिन्, ‘तपाईं दिल्लीबाट कुनै पनि केटीलाई निकाल्न सक्नुहुन्छ । तर कुनै पनि केटीको दिलबाट दिल्लीलाई निकाल्न सक्नुहुन्न । तपाईं को हो र मलाई यो गर र त्यो गर भनेर सिकाउने ?’
नायिका पन्नु शनिवार दिल्लीको विधानसभाको चुनावमा सभागी हुन पुगेकी थिईन् उनले आफूले मतदान गरेपछी उक्त तस्बिर सेयर गरेकी थिईन् ।








