महराले सफाइ पाएको पत्र संसद बैठकमा बाचन

फागुन ६, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएको पत्र  प्रतिनिधिसभा बैठकमा पढेर सुनाइएको छ ।   

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा कारागार चलान भएका महराले सोमबार जिल्ला अदालतबाट सफाइ पाएका थिए । उक्त सफाइको पत्र सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा पढेर सुनाएका हुन् ।   

उनलाई अब संसद बैठकमा जाने बाटो खुलेको छ ।  बलात्कार प्रयासको आरोप लागेपछि  महराले सभामुख पदबाट १४ असोजमा राजीनामा दिएका थिए, भने १९ असोजमा पक्राउ परेका उनी सोमबार सफाइ पाएका हुन् ।   

काठमाडौं जिल्ला अदालतले महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *