टेलिकमको टावर ढल्दा कैलालीमा तीन कामदार घाइते

फागुन १४, कैलाली । कैलालीमा टेलिकमको टावर ढल्दा तीन कामदार घाइते भएका छन् । कैलालीको भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा  ढल्दा तीन जना कामदार घाइते भएका हुन् । 

घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।   

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने दुईको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए । 

null

शनिबारदेखि नै टावर खोल्ने काम सुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताए । टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *