विवादित बन्यो करण जोहरको फिल्म ‘तख्त’

२०७६ फागुन १३ गते

फागुन १३, भारत । बलिउड फिल्म निर्देशक करण जोहरको फिल्म ‘तख्त’ विवादमा तानिएको छ । फिल्मको पटकथा लेखक हुसेन हेदरीले हिन्दुहरुको विरुद्धमा ट्विट गरेपछि उक्त फिल्म विवादमा तानिएको हो ।
उक्त ट्विट पछि फिल्म र फिल्मसँग सम्बन्धित व्यक्तिहरुको आलोचना भइरहेको छ । र भने दर्शकहरुले फिल्मलाई बहिष्कार गर्ने बताएका छन् । जुम टिभि डट कमको एक रिपोर्टका अनुसार ट्विटरमा ‘हेशट्यागबाइकटतख्त’ अभियान गरिरहेको छ । उनीहरुले हिन्दु विरोधी ट्विट गरेको आरोप लगाएका छन् ।
उक्त पोर्टलका अनुसार हुसेनले ट्विटर लक्ड भएको छ तर उनको ट्विट स्क्रीनशट गरेर ‘हिन्दु आतंकवाद’ लेखेर शेयर गरिएको छ । थुप्रैले करण जोहरसँग ट्विटको जवाफ मागिरहेका छन् । एजेन्सी

२०७६ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित