नेकपाले नेताहरुको सम्पत्ति खोज्ने, एमसीसी सम्झौता संकटमा, प्रत्यक्ष निर्वाचित वा प्रधानमन्त्री वहस सुरु


माघ २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पाँच दिने केन्द्रीय बैठकले केके निर्णय गर्यो आजका राष्ट्रिय दैनिकका प्रमुख समाचार बनेका छन् ।
राजधानीबाट प्रकाशित हुने ठूला दैनिकहरुले नेकपाको हिजो सकिएको केन्द्रीय समितिको बैठकको निर्णयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकले ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहस सुरु’ शिर्षकमा नेकपाको बैठकमा चलेको विषयलाई प्रमुख समाचार बनाएको छ । बैठकमा निर्वाचन खर्चिलो समेत भएको नेताहरुले गुनासो गरेका छन् ।
कान्तिपुर दैनिकले नेकपाको बैठकमा एमसीसी परियोजनामा विमती राख्ने झलनाथ खनाललाई नै केन्द्रीय समितिले कार्यदलको जिम्मा दिएको समाचार छ । कार्यदलको सदस्यमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटि सदस्य भीम रावल समेत छन् ।
यता अन्नपूर्ण पोस्टले भने ‘नेकपाले नेताहरुको सम्पत्ति खोज्ने’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । सत्तारूढ नेकपाले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय गरेको छ ।
यता नागरिक दैनिकले ‘एमसीसी सम्झौता संकटमा’ शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । साथमा हिजो भएको दुर्घटनामा आठ जनाको मृत्यू भएको समाचार पनि छ ।
हेर्नुहोस आजका पत्रपत्रिकाका प्रथम पृष्ठ
