सिड्नीको समुद्रमा गुमाए नेपाली युवाले ज्यान

फागुन ७, काठमाडौँ । अष्ट्रेलियामा गत शनिबारदेखि बेपत्ता भएका एक नेपाली युवाको शव मंगलबार दिउँसो समुन्द्री किनारमा मृत भेटिएको छ ।
शनिबार देखी बेपत्ता भएका अष्ट्रेलियाको सिड्नी बस्ने ३२ वर्षिय अमित सुनारको शव स्थानीय रोयल नेशनल पार्कमा अवस्थित वाटामोला समुद्री तटमा मृत भेटिएको हो ।
अध्ययनको क्रममा अष्ट्रेलिया पुगेका अमित आईतबार देखी आफ्नो परिवारको सम्पर्कमा नआएपछि उनकी श्रीमतीले प्रहरीमा खोजीदिन आग्रह गरेकी थिइन् ।

प्रहरीले मोबाइल लोकेसनको आधारमा ती युवकको शव पत्ता लगाएको हो । फुटबल खेलाडी रहेका अमित फोटोग्राफीको समेत शौखिन अमित थिए । उनले कयौं
समुद्रका किनारामा फोटो खिचेका छन् । तर उनी समुन्द्रमा के कारण गएका थिए यस विषयमा केही खुलेको छैन ।
एनआरएन अष्ट्रेलियाकी सचिव उषाकिरण बारियाले आफ्नो फेसबुक स्ट्याटसमा अमितलाई श्रद्धाञ्जली व्यक्त गर्दै यो घटना विश्वास गर्न नै नसकिने भएको लेखेकी छिन् । उनको मृत्यु कुनै दुर्घटनामा परेर भएको हो की या अन्य कारणले भएको यसबारे उनको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
उनको दाह संस्कारका लागि एनआरएनले सहायता उपलब्ध गराउने भएको छ भने उनले खेलेका दुई फुटबल क्लबले पनि सहयोग गर्ने बताइएको छ ।








