मोरङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

माघ २०, मोरङ । मोरङमा सोमबार  प्रदेश १–०२–००१ ख ८१०९ नम्बरको टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।   

प्रहरीका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका–१० जरुवामा आज बिहान टिपरले सोही स्थानकै  ४७ वर्षीय बाबुराम कार्कीलाई ठक्कर दिएको थियो ।   

टिपरको ठक्करबाट गम्भिर घाइते भएका कार्कीको उपचारको क्रममा  विराटनगर स्थित कोशी अस्पताल बिहान ९ः४५ मा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

Image result for टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =