‘आफ्नो प्रेम सम्बन्धका लागि आमा–बुवाले मलाई छोडिदिए’

यदि तपाईँलाई कुनै खाना मनपदैन भने अथवा कुनै कपडा शरीरमा फिट भएन भने त्यसलाई छोडिदिनु हुन्छ । मलाई पनि त्यसरी नै छोडिदिए । मेरा आमा–बुवाले मलाई सानोमै एक्लै छोडिदिए ।  

के उनीहरु मरेका थिए ? होइन ! म कुनै अनाथ होइन र यही थप पीडादायी छ !  

मेरा आमा, बुवा जिउँदो छन् र त्यही गाउँमा रहन्छन् जहाँ म छु । तर तीनीहरु मलाई एक अपरिचितको जस्तो व्यवहार गर्छन् । म कोक्रामा हुँदा नै उनीहरुले मलाई छोड्ने निर्णय गरे। 

#HerChoice, महिलाएं

त्यस उमेरमा म या त हाँस्न सक्थेँ या भोकाएर कोही लोरी सुनाएर चुप गराउनेको पखाईमा बस्न सक्थेँ । एक बच्चा जो त्यस समय बोल्न सक्दैनथ्यो र जसलाई थाहा थिएन कि केही गुमाउनु र दुःखी हुनुको मतलब के हो ?  

मेरा पीताले मेरो जन्म भएलगत्तै मेरी आमालाई छोडिदिए र अर्को विवाह गरे । पछि उनीहरु दुईको छुट्टै बच्चा पनि जन्मिए । त्यसपछि मेरी आमाले पनि मलाई छोडेर गइन् । उनको पनि कुनै अरु पुरुषसँग विवाह भयो ।  

र म ? म त यो पनि जान्दिन कि मैँले कुन प्रेमलाई सम्झनुपर्छ, किनकी मलाई त कसैको प्रेम मिलेको छैन । मेरो मामाले दयाले पाले । जब म बुझ्ने भएँ, उनले नै मेरा आमा, बुवासँग मिलाइदिए ।  

मैँले निकै दुःखी हुँदै उनीहरुलाई हेरेँ । मलाई लागेको थियो कि उनीहरु मलाई आफ्नो अँगालोमा बेर्नेछन् तर उनीहरुले मलाई यसरी हेरे कि म कोही अपरिचित थिएँ ।  

यो स्पष्ट थियो कि म तीनीहरुमध्ये कसैको सन्तान थिइनँ । त्यसैले मेरो मामाले मलाई एक एनजीओद्वारा सञ्चालित एक होस्टेलमा राखिदिए । मलाई अन्दाज थिएन कि त्यहाँ पनि एक आघात मेरो पर्खाइमा छ ।  

मेरा पीताले मेरी सौतेनी बहिनीलाई पनि त्यही होस्टेलमा राखिदिएका थिए र उसलाई देखेर मलाई हरेक दिन यो महशुष हुन्थ्यो कि म एक चाहनाविपरित जन्मिएकी सन्तान हुँ ।  

मलाई पनि घर जान बोलाउँछन् कि भनेर म चुपचाप कुरिरहन्थेँ । तर मेरो पर्खाइ सधैँ व्यर्थ सावित हुन्छ । उनी मलाई फर्केर सम्म पनि हेर्दैनथे । मलाई थाहा छैन कि उनी मलाई प्रेम गर्छन् या गर्दैनन्, या मेरी सौतेनी आमा मलाई घर ल्याउने अनुमति दिन्छिन् कि दिँदिनन् ।  

म उनीहरुको नजरबाट हटिदिन्छु र राती एक्लै रुन्छु ! 

मलाई अन्य बच्चालाई जस्तो छुट्टीको पर्खाइ हुँदैन । मेरो लागि छुट्टीको मतलब हो खेतमा काम गर्नु । खेतमा काम नगरी त मलाई खाना पनि मिल्दैन । कहिलेकाहीँ म गाईवस्तु पनि चराउँछु । म आफूले कमाएको ज्याला मामाको परिवारलाई दिन्छु । त्यसको बदला उनी मलाई खाना र बस्नका लागि स्थान दिन्छन् । स्कूलका लागि आवश्यक स्टेशनरी सामानका लागि पनि काम गरेपछि मात्रै मिल्छ ।  

यी सबै हुँदाहुँदै पनि, म अझै पनि आफ्ना माता, पितालाई प्रेम गर्छु । म उनीहरुसँग रिसाएकी छैन । म उनीहरुको प्रेममा तड्पिन्छु । म उनीहरुसँग उत्सव मनाएको सपना देख्छु । तर उनीहरु दुवैको आ–आफ्नो साथी र परिवार छ ।  

मेरो मनमा उनीहरुलाई लिएर कुनै नकारात्मक भावना छैन ।  

उनीहरुको दैलोमा टेक्ने सम्म पनि अनुमति छैन मलाई । मलाई कोशिस गर्न पनि डर लाग्छ । हरेक उत्सव आउँछ, जान्छ । परिवारसँग उत्सव मनाउनुमा यस्तो आनन्द छ, जुन मैँले अनुभव गर्न सकिनँ ।  

मलाई थाहा छ, पढ्नका लागि मैँले धेरै संघर्ष गर्नुपर्छ तर पनि म पढाई छोड्दिन । शिक्षा नै मेरो जिन्दगी हो । म डाक्टर बन्न चाहन्छु ।  

यदी म गाउँ गएँ भने मेरो विवाह गरिदिन सक्छन् । यस्तो होइन कि म विवाह, परिवारलाई घृणा गर्छु तर म पहिले आत्मनिर्भर बन्न चाहन्छु ।  

जब म ठुलो हुन्छु, सक्षम हुन्छु तब आफ्नो रोजाईँको पुरुषसँग विवाह गर्छु र एक सुन्दर र मायालु परिवार बनाउने कोशिस गर्नेछु ।  

(बीबीसी हिन्दीबाट अनुवादित) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =