‘चीनमा रहेका नेपाली फर्काउन सरकार के हेरेर बसिरहेको छ ?’

माघ २७, काठमाडौँ । चीनमा फैलिएको कोराना भाइरस बाट नेपाली विद्यार्थीलाई बचाउन डा. शेखर कोइरालाले आग्रह गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले चीनको हुवेई प्राप्तमा जोखिमपूर्ण अवस्थामा रहेका १८१ नेपालीलाई तत्कान नेपाल ल्याउन सरकारसँग माग गरेका छन् ।
उनले हप्तौदेखि कोरोना भाइरसको सन्त्रासबाट जोगिन संघर्षरत नेपालीहरुले सरकारलाई बारम्बार आग्रह स्वदेश फर्काउन आग्रह गर्दा समेत सरकारले नसुनेकोको आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले सरकारसँग मानवता नभएको अनुभूत भएको जिकिर गरेका छन् ।
‘हप्तौंदेखि नेपालीहरु चीनमा त्रासमा बाँचिरहेका छन्, अन्य देशले आफ्ना नागरिक फिर्ता लगिरहेको अवस्थामा नेपाल सरकार के हेरेर बसिरहेको छ ?’ डा. कोइरालाले प्रश्न गरेका छन् ।

डा. कोइरालाले नेपालमा रहेका अभिभावक समेत आफ्ना छोराछोरीको अवस्था देखेर ब्याकुल भइरहेको अवस्थामा राज्य संवेदनशील नभएको बताए ।
राज्य भएको अनुभूति दिलाउन पनि चीनमा रहेका नेपालीलाई सकुसल स्वदेश फर्काउन सरकारले तदारुकता देखाउनु पर्ने डा. कोइरालाको भनाई छ ।
तीन साता अघि चीनमा देखा परेको कोरोना भाइरसबाट आजसम्म ९ सय बढिको ज्यान गइसकेको छ भने कोरोना भाइरसबाट ४० हजार बढि संक्रमित भइसकेका छन् ।
नेपालमा समेत एक जनामा कोरोना भाइरस देखापरेको छ ।








