के हो युरिक एसिड र कसरी हुन्छ ? लक्षण र घरेलु उपचारसहित

फागुन १६, काठमाडौँ । युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ , यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ । युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ ।
युरिक एसिडको मात्रा बढ्ने कारण
थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ । त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले असर पर्न सक्दछ ।

मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नु पर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता नअपनाएका खण्डमा युरिक एसिडको स्तर बढेर त्यसबाट हुनसक्ने स्वास्थ्यका लागि सबै नकारात्मक प्रभाव ब्यहोर्नु पर्ने अनिवार्य हुन्छ ।
कसरी हुन्छ ?
यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ । सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खानेकुराबाट बन्छ ।
एक स्वस्थ महिलाको शरीरमा युरिक एसिडकोस्तर २.४-६.० मिलीग्राम प्रति डेसीलिटर भएमा यसलाई सामान्य मानिन्छ । त्यस्तै, पुरुषमा युरिक एसिडको स्तर ३.४ देखि ७.० मिलीग्राम प्रति डेसीलिटर भएमा त्यसलाई सामान्य भनिन्छ ।
लक्षण
जोर्नी राति बढी दुख्नु ।
खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु ।
लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु ।
दुखाइ सहनै नसक्ने हुनु ।
ज्वरो आउनु ।
घरेलु उपचार
करिब एक किलो तौलको काँचो मेवालाई राम्ररी पखालौ । अब त्यसलाई बोक्रासमेत सानो सानो टुक्रामा विभाजित गरौ । अब यसलाई एउटा भाडोमा हालेर त्यसमा तीन किलो पानी मिसाएर त्यसमा पाच प्याकेट ग्रीन टी मिसाएर करिब १५ मिनेट चिया झै उमालौ र छानौ ।
अब अन्दाजी ५ , ६ गिलास सहितको यो औषधी तयार भयो । यसलाई १४ दिनसम्म लगातार पिएको खण्डमा तपाईको शरीरमा आश्चर्यजनक परिवर्तन देखिन सक्छ । त्यतिमात्र हैन, १४ दिन पश्चात्त जब तपाईको रिपोर्ट सामान्य आउँछ, त्यसपछि सातामा एक दिन यसको सेवनले युरिक एसिडको समस्या हटेर जान्छ ।








