सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन ओलीलाई प्रचण्डको सुझाव

फाइल तस्विर 

फागुन ८, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिनु उचित रहेको बताएका छन् ।  

आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा अध्यक्ष दाहालले यस्तो सुझाव दिएका हुन् ।  

Image result for अाेली प्रचण्ड

सो छलफलमा गम्भीर विषय बाहिर आएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले प्रचण्डसँग राय लिएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।  

योसँगै ७० करोड रुपैयाँ कमिसनमा मुछिएका सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । यद्यपी सञ्चारमन्त्री बाँस्कोटाले भने आफूलाई फसाउन षडयन्त्र रचिएको दाबी गरिरहेका छन् । उनले आफू दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।  

प्रम ओलीले आजै छलफलका लागि सञ्चारमन्त्री बाँस्कोटालाई पनि बालुवाटार बोलाएका छन् । छलफलपछि राजीनामा दिने या नदिने टुंगो लाग्नेछ ।  

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दाबीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।  

प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । अडियाेमा बाँस्काेटाले अश्लील शब्दहरू समेत बाेलेकाे सुन्न सकिन्छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *