पर्सा खानेपानीको आम्दानी डेढ करोड

फागुन २, चितवन । पर्सा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संंस्थाले एक वर्षमा डेढ करोड भन्दा बढी रकम आम्दानी गरेको छ । 

 गत आर्थिक वर्ष २०७५/७६ मा  एक करोड ६० लाख ५५ हजार रुपैया आम्दानी गरेको संस्थाका अध्यक्ष शेरमान तामाङले बताए । गत वर्ष एक करोड ५६ लाख ६३ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिईएको थियो । लक्ष्य भन्दा कसिव ९ लाख ६२ हजार रुपैया वढि आम्दानी गरेको हो ।  

खैरहनीका ९ वटा वडा र रत्ननगर ५ को टरौलीका स्थानीयलाई पानीको सेवा दिदैँ आएको संस्थाको हाल ३ हजार ७ सय ४५ धारा जडान गरिएको छ । संस्थाको शुक्रवा सम्पन्न १६ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७५/७६ मा २१४ वटा नयाँ धारा जडान गरिएको अध्यक्ष तामाङले बताए ।  

सोही वर्ष ५ हजार मिटर थप पाईपलाईन विस्तार समेत भएको छ । पर्सा खानेपानीले पछिल्लो पटक खैरहनी १२ र १३ मा पाईपलाईन बिस्तार गरि पानी उपलव्ध गराएको छ । खैरहनीको वडा नम्वर १,४,१० र ११ वाहेक अन्य वडामा पर्सा खानेपानी संस्थाबाटै पानी उपलव्ध हुँदै आएको संस्थाका व्यवस्थापक शंकरदेव चौधरीले बताए ।  नगर विकास कोषबाट पछिल्लो तीन वटा आयोजना निर्माणका लागि लिईएको ५ करोड ४ लाख ऋण मध्ये अझै ४ करोड ८० लाख रुपैया भुक्तानी गर्न बाँकी छ ।  

पूर्वअर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवंम् खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा क्षेत्रीले आर्थिक प्रतिवेदन,संस्थाका सचिव टिकादत्त अधिकारी र अध्यक्ष शेरमान तामाङले भावी वजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपाका नगर प्रतिनिधी केशव कडेंल,नेपाली काँग्रेस नगर सभापति शशी खनियाँ, संस्थाका उपाध्यक्ष गणेश प्रसाद बर्तौला लगायतले मन्तव्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *