खैरहनीमा सात महिनामा ८ करोड राजस्व संकलन

फागुन २, चितवन ।  चितवनको खैरहनी नगरपालिकाले राजस्व संकलनमा उलेख्य सुधार ल्याएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा करिव ८ करोड रुपैया संकलन भएको छ ।  

नगरपालिकाको राजस्व शाखाका अनुसार साउनदेखी माघ मसान्त सम्म ७ करोड ८४ लाख ७० हजार रुपैया संकलन भएको नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । यो लागत सहभागीता बाहेक रकम हो । 

 यो अवधिमा १ करोड ४५ लाख ४४ हजार ९१४ रुपैया लागत सहभागीता रहेको छ । अघिल्लो आर्थिक वर्षमा यही अवधिमा लागत सहभागीतासहित ६ करोड ११ लाख ९९ हजार रुपैया संकलन भएको थियो । त्यो अवधिमा १ करोड १९ लाख लागत सहभागीता थियो । अघिल्लो वर्षको ७ महिनाको तुलनामा यो वर्ष २ करोड ९१ लाख ७१ हजार रुपैया बढि राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा खैरहनी नगरपालिकाले १२ करोड रुपैया आन्तरीक रुपमा संकलन गर्ने लक्ष्य लिएको छ । 

 प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार माघ मसान्त सम्म सबैभन्दा धेरै घरजग्गा रजिष्ट्रेशनबाट ४ करोड २९ लाख ५५ हजार रुपैया संकलन भएको छ । एकिकृत सम्पती कर शीर्षकबाट १ करोड ३५ लाख २४ हजार,व्यवसाय रजिष्ट्रेशनबाट ५४ लाख ३७ हजार रुपैयाँ, घरबहाल करबाट २९ लाख २९ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट २५ लाख ९७ हजार रुपैयाँ, नक्सापास दस्तुरबाट २२ लाख ५९ हजार रुपैया, भूमिकर/मालपोतबाट १२ लाख १५ हजार रुपैया संकलन भएको नगरपालिकाले जनाएको छ ।  

स्थानीय चुनावबाट जनप्रतिनिधी निर्वाचित भएको पहिलो वर्ष करिव डेढ करोडको हाराहारीमा आन्तरीक राजस्व संकलन भएको थियो । करिव तीन वर्षको अवधिमा राजस्व संकलनले फड्को मार्नु नगरपालिका आफ्नै आम्दानीबाट सक्षम बन्ने संकेत मिलेको खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी बताउँछन् । अहिले संघ, प्रदेशबाट रकम आईरहेको छ, कुनै बेला रोकिन सक्ला यस्तो अवस्थामा नगरपालिका आफ्नै आम्दानीबाट चल्न सक्ने बनाउनु पर्छ चौधरीले भने । अघिल्लो वर्ष ९ करोड रुपैया आन्तरीक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएकोमा झन्डै ११ करोड वढि राजस्व संकलन भएको थियो ।   

राप्तीमा साँढे चार करोड   

चार वटा वडा पहाड समेटेर वनेको राप्ती नगरपालिकाको राजस्व संकलन पनि उत्साहजनक रहेको छ । चालु आर्थिक वर्षको ७ महिना महिनामा करिव ४ करोड ५० लाख रुपैया आन्तरीक श्रोतबाट संकलन भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले बताए । 

चालु आर्थिक वर्षमा लक्ष्यलाई भेटाउन अव डेढ करोड राजस्व संकलन भए पुग्छ । राप्तीले यो वर्ष ६ करोड रुपैयाँ आन्तरीक श्रोतबाट संकलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत हुमागांईले बताए । राप्तीले यो अवधिमा सबैभन्दा धेरै घरजग्गा रजिष्ट्रेशनबाट २ करोड २३ लाख रुपैया प्राप्त गरिसकेको छ ।  

त्यस्तै ढुंगा गिट्टी निकासीबाट ९६ लाख, एकिकृत सम्पतीकरबाट ४० लाख,सिफारिस दस्तुरबाट १४ लाख, प्रशासनिक सेवा शुल्कबाट १८ लाख ७४ हजार, नक्सापासबाट ८ लाख ४८ हजार रुपैया संकलन गरेको राजस्व परामर्श समिति संयोजक समेत रहेका राप्तीका उपमेयर इमानसिंह लामाले जानकारी दिए ।  

गत आर्थिक वर्षमा ४ करोड रुपैया आन्तरीक श्रोतबाट संकलन हुने लक्ष्य लिएकोमा सो लक्ष्य पुरा भएको थियो । उपमेयर लामाका अनुसार आगामी आर्थिक वर्षमा ९ करोड रुपैया आन्तरीक श्रोतबाट संकलन हुने अनुमान छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *