टाउकाे ठाेकाएर प्लास्टिककाे पिर्काले हिर्काएर मार्याे मुनालाई

माघ २७, ललितपुर । विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर उनलाई भूइँमा लडाए । 

भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ । 

मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुपको अगाडि ढोका छेउमै आत्महत्या गर्छन् । सिसिक्यामेरा फुटेज अनुसार, विहान १०.२० देखि १०.४० वजेसम्म उक्त हत्या घटना भएको हो । याे समाचार देवबहादुर कुँवरले गाेरखापत्र दैनिकमा लेखेका छन्र । 

विगत चारवर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको छिमेकीहरू बताउँछन् । विहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पुर्याउन गएको वेलामा उक्त घटना भएको हो । 

कार्की दम्पति १२ वर्षीय छोरा र दुई कामदारका साथ बस्दै आएका थिए । दुई छोरी उच्चअध्ययनका क्रममा विदेशमा रहेका छन् । 

सो घटना रहस्यमय भएकाले थप अनुसन्धान जारी रहेको भनाई प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक हृदय थापाले घरमुली मुनाको हत्या र आत्महत्याको सम्वन्धमा अनुसन्धान जारी रहेको बताउनुभयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *