त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी, स्ववियुको चुनाव यथासिघ्र गराउन विद्यार्थीको माग

फागुन ७, काठमाडौं । समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तालाबन्दी गरेको छ । स्व.वि.युको चुनाव यथासिघ्र हुनुपर्ने माग गर्दै समाजवादी विद्यार्थी युनियनले तालाबन्दी गरेको हो ।
फाल्गुन १४ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव त्रिभुवन विश्वविद्यालय विद्यालय कल्याण परिषदले स्थगित गरेका कारण आज (बुधबार) तालाबन्दी गरिएको एक विद्यार्थीले बताए । परिषदले फागुन ५ गते अर्को सूचना नआएसम्मलाई स्व.वि.यु निर्वाचन स्थगित गरेको सूचना निकालेपछि विद्यार्थीहरु चिन्तित भएका हुन् ।
डा.धर्मकान्त बाँस्कोटाले उपकुलपति नियुक्ति भएसँगै आफ्नो प्रमुख लक्ष्य स्व.वि.यु निर्वाचन गराउने बताएका थिए । सोही मर्म अनुरुप कार्यसम्पादन नगरी ११ वषदेखि अनिश्चित रहेको स्व.वि.यु निर्वाचनलाई लम्बाई त्रिवि शैक्षिक तथा प्रशासनिक सुधारलाई बाधा पुर्याउने काम गरेको विद्यार्थीको आरोप छ ।

यस्तो गलत कदमविरुद्ध सबै विद्यार्थी सङ्गठनलाई एकजुट भएर लाग्न समाजवादी विद्यार्थी युनियनका सचिव हेमराज थापाले आग्रह गरे ।








