अञ्जली र गजितको ‘यस्तो माया’ सार्वजनिक
२०७६ फागुन २ गते

फागुन २, काठमाडौं । भ्यालेन्टाइन्स डेको अवसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशिल पंगेनीले निर्देशन गरेका हुन् ।
फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् ।
सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतमा पति पत्नीबीचको प्रेम र सम्पर्णभाव प्रस्तुत गरिएको छ ।

हेर्नुस् भिडियो
https://youtu.be/uh0XXoIhRdk
२०७६ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








