कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो न्यूरो सर्जरी सेवा

फागुन १६, जुम्ला । कर्णाली प्रदेशको जिम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट न्यूरो सर्जरी सेवा सुरु गरिएको छ । प्रतिष्ठानले आजबाट डा. निलम खड्काबाट न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का एशोसिएट प्रोफेसर डा. खड्का सेवा दिन गएका हुन् ।   

प्रतिष्ठानले न्यूरो सर्जरीकै लागि आवश्यक सिटि स्क्यान सुरु गरेपनि चिकित्सक नहुँदा सेवा न्यूरो सर्जरी सेवा सुरु गर्न सकेको थिएन । चिकित्सक आएपछि अव प्रतिष्ठानले रेफर गर्ने विरामीको संख्यामा पनि कम आउने प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।  

‘हामीसँग सिटि स्क्यान पनि छ, आइसियू पनि सुरु गरि सकिएको छ । न्यूरोको लागि यी दुई सुविधा भएको र आजबाट चिकित्सक पनि आउनु भएको छ । यसले न्यूरो सर्जरी सेवा सुरु गरेसँगै यहाँबाट अन्त विरामी रेफर गर्ने दरपनि कम हुन्छ ।’ उनले भने ।   

कर्णाली प्रतिष्ठानले दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय र उच्चस्तरीय स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षा प्रदान गर्न विस्तारै आफ्नो सेवा बृद्दि गर्दै गइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =