अग्नि ग्रुपको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

फागुन १४, काठमाडौँ । नेपाल महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेसडरमा नेपाल क्रिकेट टीमका पूर्व  कप्तान पारस खड्कालाई नियुक्त गरेको छ ।   

मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले  ब्रान्ड एम्बेसडरमा  क्रिकेटर खड्का नियुक्त भएको घोषणा गरेको हो ।  कार्यक्रममा निर्देशक शर्माले ब्रान्ड एम्बेसडरमा  खड्कालाई घोषण गर्दै ग्लोबाल एनसीएपीको पहिलो ‘ सेफर च्वाइस’ अवार्ड बिजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गरे ।   

अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एक्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी व्यक्त गर्दै भने ‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यस अघि नै ब्रान्ड प्रर्वधक रहिसकेको छु ।’ उनले थपे ‘अग्नि ग्रुपसँग मेरो सम्बन्ध २०६३/६४ साल देखिकै हो, त्यसयता लामो समयदेखी मेरो अग्नि ग्रुपसँग सुमधुर सम्बन्ध रहँदै आएको छ,  हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासयिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौँ । यो सहकार्यबाट म निकै हर्षित छु ।’ 

  

आफ्नो पेशागत कारणले एसयूभी गाडी सदैव प्राथमिकताको सूचीमा पर्ने गरेको खड्काले बताउँदै आफू जहाँसुकै जाँदापनि यस गाडीमा  भारी लगेज लैजाने गरेको बताए । उनले महिन्द्रले एक्सयूभी ३०० का लागि अग्नि ग्रुपप्रति आभार व्यक्त गरे ।   

कार्यक्रममा अग्नि ग्रुपका कम्पनी बरिष्ठ निर्देशक तथा सचिव दुर्गाप्रसाद आचार्य र उप–निर्देशक बरदान बस्नेत लगायतको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =