ढुंगा खस्दा कांग्रेसका वडासभापति श्रेष्ठको मृत्यु

फागुन १६, काठमाडौँ । सिद्धबाबामा ढुंगा खस्दा  रेसुंगा नगरपालिका८ का नेपाली कांग्रेसका वडासभापति बावुकाजी श्रेष्ठको मृत्यु भएको छ ।   

बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा  सिद्धार्थ राजमार्गअन्‍तर्गत बुटवल पाल्पा सडक-खण्डको सिद्धबाबामा १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठमाथी  ढुंगा खसेको थियो ।   

ढुंगा  खस्दा गम्भिर घाइते भएका  ४८ वर्षीय  श्रेष्ठको उपचारको क्रममा शुक्रबार भरतपुरमा मृत्यु भएको परिवारले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =